ब्याग पसलभित्र हुण्डी : पवन अग्रवाल सहित ८ जना प्रहरी फन्दामा

काठमाडौं– पवन कुमार अग्रवाल सहित ८ जनालाई गैरकानुनी तवरले हुण्डी कारोवार गरेर राजस्व छलेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

सोमबार मध्यान्ह महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलिले उनिहरुलाई काठमाडौंको न्युरोडबाट पक्राउ गरेको हो । फक्राउ पर्नेहरुमा अनु ट्रेडिङका सञ्चालक पवन कुमार अग्रवाल (सरावगी), विन्देश्वरी ब्याग एण्ड रेडीमेड उद्योगका सञ्चालक मोहनमान श्रेष्ठ, विन्देश्वरीमा कारोवार गर्न पुगेका कुमार राई, माई पाथिभरा ट्रेडर्सका सञ्चालक निर्दोष प्रसाई, माई पाथिभरामा कारोवार गर्न गएका राजन पौडेल, टल बहादुर तामाङ, अमित खरेल र रोहित दुलाल रहेका छन् ।

उनीहरुको साथबाट १ करोड ७२ लाख ३७ हजार पाँच सय नेपाली रुपैयाँ तथा एक लाख भारतिय रुपैयाँ बरामद गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।

भारतको राजस्थान घर भएका पवन अग्रवाल न्युरोड स्थित अनु ट्रेडिङका मालिक हुन् । उनको साथबाट ६३ लाख पसास हजार बरादम गरिएको महाशाखाले जनाएको छ ।

सिरहाको बरियापट्टिका मोहनमान श्रेष्ठले ‘विन्देश्वरी ब्याग एण्ड रेडीमेड उद्योग’ नामक बोर्ड राखेर भित्र हुन्डी कारोबार गर्ने गरेको प्रहरीको भनाई छ । उनको साथबाट दश लाख नेपाली रुपैयाँ तथा १ लाख भारतीय रुपैयाँ बरामद गरिएको छ । त्यस्तै विभीन्न बैंकका ४९ थान चेकबुक श्रेष्ठको ब्याग पसलमा फेला परेको थियो । उनको ब्याग पसलमा हुण्डी कारोवार गर्न पुगेका नुवाकोट चौघडा गाविसका कुमार राईको साथबाट अठार लाख बरामद भएको छ ।

झापाका निर्दोश प्रसाईले न्युरोडमा माई पाथिभरा ट्रेडर्सको आवरणमा हुन्डी कारोवार गर्दै आएका थिए । उनको साथबाट प्रहरीले करिब २० लाख नगद र दश थान चेक बरामद गरेको छ । उनकै ट्रेडर्समा कारोवार गर्न पुगेका सिन्धुपाल्चोकका राजन पौडेलको साथबाट ३२ लाख नगद, रामेछापका टल शादुर तामाङको साथबाट ११ लाख ५० हजार, झापाका अमित खरेलको साथबा १२ लाख तथा झापाकै रोहित दुलालको साथबाट ५ लाख बारमद गरिएको प्रहरीले जनाएको छ ।

‘बाहिर रेडीमेड कपडा तथा ब्याग पसल राखेरभित्र अवैध ढंगले हुण्डी कारोवार गरेको हुनाले उनिहरुलाई पक्राउ गरिएको हो’ एसएसपी खनालले भने, ‘आवश्यक कारवाहीका लागी हामीले अभियुक्तहरुलाई राजस्व अनुसन्धान विभाग पठाएका छौं ।’

Namecheap.com
कृपया आफ्नो सुझाब तल कमेन्ट बक्स मा दिनुहोला |